जनचेतना जगाउन निःशुल्क स्वास्थ्य शिविर

सहयात्रा टिभी

काठमाडौं। वैशाख २१, राजधानीको भण्डारखालमा आँखा, नाक, कान र घाँटीको निःशुल्क शिविर संचालन गरिएको छ ।

हायर मी सर्भिसले मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म निस् शुल्क शिविर सेवा संचालन गरेको हो ।

हायर मी सर्भिसका प्रबन्ध निर्देशक लक्ष्मण जोशीका अनुसार स्वास्थ्य सम्बन्धि जानकारी र जनचेतना जगाउन शिविर संचालन गरिएको हो ।

शिविरमा राजधानीका स्थानीय, मजदुर, विद्यार्थी, जेष्ठ नागरिक, महिला, युवाका साथै पशुपति विकास कोषका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीले पनि जाँच गराएको सिनियरकोओडिनेटरले जानकारी दिए ।  शिविरमा दुई सय ५ जनाले आँखा, नाक, कान र घाँटीको जाँच गराएका छन् ।

प्रकाशित : 4 May, 2022

प्रतिक्रिया दिनुहोस्