‘केजीएफ २’ सफल भएपछि प्रशान्त नीलले दोब्बर बनाए फिस

सहयात्रा टिभी

काठमाडौं। वैशाख २२, साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ ।

‘केजीएफ २’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ ।

‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो ।

केजीएफ २’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो करियरमा अहिलेसम्म तीन फिल्म निर्देशन गरेका नीलको तीनै फिल्म बक्स अफिसमा सफल भएको छ ।

पछिल्लो समयको ‘केजीएफ–२’ ले निकै चर्चा पाएका उनले अहिले आफ्नो फिस समेत बढाएका छन् । जसको कारण पनि नील चर्चामा छाएका छन् ।

केजीएफ–२’ को सफलतापछि नीलले आफ्नो फिस दोब्बर बनाएका हुन् ।

 

प्रकाशित : 5 May, 2022

प्रतिक्रिया दिनुहोस्