तेस्रो त्रैमासमा हिमालयन उर्जा विकास कम्पनी नोक्सानीमा

सहयात्रा टिभी

काठमाडौं। वैशाख २२, हिमालयन उर्जा विकास कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा उक्त कम्पनी रू. १ लाख ४ हजार नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.९ लाख ११ हजार नाफा कमाएको थियो ।

चालू आवमा आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको अन्य स्रोतमार्फत भएको आम्दानी रू.१० लाख २८ हजार रहेकोमा चालू आवमा घटेर रू। ५ लाख ९३ हजारमा झरेको छ । कम्पनीको चुक्तापूँजी रू.९९ करोड रहेको छ ।

कम्पनीको जगेडा कोष रू.८६ लाख २८ हजार ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी शून्य दशमलव शून्य ११ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको तरलता अनुपात शून्य दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.९९ दशमलव १३ रहेको छ ।

प्रकाशित : 5 May, 2022

प्रतिक्रिया दिनुहोस्