मुख्यमन्त्री राउतले गरे उल्लंघन

सहयात्रा टिभी

काठमाडौं। वैशाख २३, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन आचारसंहिताको ठाडै उल्लंघन गरेका छन्।

 

उनी गृह जिल्ला पर्सामा जसपाका उम्मेदवारका लागि चुनावी प्रचारमा व्यस्त छन्।

लालबाबु राउत जसपा आबद्ध हुन्। वीरगन्ज १५ लक्ष्मणवामा जसपाले बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्ना उम्मेदवारका लागि भोट माग्दै भाषण पनि गरे।

बिहीबार नै दिउँसो गृहगाउँ पर्साको जगरनाथपुर गाउँपालिका १ मा जसपाले आयोजना गरेको कोणसभामा सहभागी भई सम्बोधन गरे। जसपाको चुनावी कार्यक्रममा जाँदा मुख्यमन्त्री राउत सरकारी गाडी मै जाने गरेका छन्।

नेपाली सेनासहितका सुरक्षाकर्मीलाई पनि उनले सँगै लैजाने गरेका छन्। मुख्यमन्त्री राउतले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन छ।

प्रकाशित : 6 May, 2022

प्रतिक्रिया दिनुहोस्