जिम्बावे ‘ए’ विरुद्ध नेपाल पहिला ब्याटिङमा

काठमाडौं। वैशाख २३, आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा रहेको नेपालले आज जिम्बावे ‘ए’सँग एक दिवसीय क्रिकेट सिरिज खेल्दै छ ।
त्रिवि क्रिकेट मैदानमा हुने एक दिवसीय क्रिकेटमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान सन्दीप लामिछानेले टस हारेपछि जिम्बावेले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।