स्वप्न सुमन र ज्योत्सना योगी विवाह बन्धनमा बाँधिए

काठमाडौं। वैशाख २३, स्वप्न सुमन युवापुस्ता माझ परिचित गायक हुन् ।
यी दुवै सेलिब्रिटी बिहीबार विवाह बन्धनमा बाँधिए। केकी अधिकारी र वर्षा सिवाकोटीले गुपचुप विवाह गरेको केही सातामै स्वप्न सुमन र ज्योत्सना योगीले पनि धेरै हल्लाखल्ला नगरी विवाह गरे। साधारण तर परम्परागत रूपमा।
विवाहका बारेमा यी दुईका परिवार र नातागोता बाहेक सबैले ज्योत्सनाको सामाजिक सञ्जाल इन्स्टाग्रामबाट थाहा पाए।
फोटोमा थुप्रै कलाकारहरूले यो जोडीलाई बधाई दिइरहेका छन्।