१९औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं। वैशाख २४, चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ ।

सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

 

प्रकाशित : 7 May, 2022

प्रतिक्रिया दिनुहोस्