नान्ट्सले २२ वर्षपछि फ्रेन्च कपको उपाधि जिते

सहयात्रा टिभी

काठमाडौं। वैशाख २५, शनिबार राति भएको फाइनलमा नाइसलाई १.० ले पराजित गर्दै नान्ट्सले उपाधि जितेको हो ।

स्टेड ड फ्रान्समा भएको अखेलमा नान्ट्सका लागि लुडोभिच ब्लासले ४७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

नाइसका हिचाम बाउडाउइले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा ब्लासले गोल गरे । त्यसपछि नाइसले बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

यसअघि नान्ट्सले २००० मा कप उपाधि जितेको थियो । समग्रमा भने नान्ट्सले चौथो पटक फ्रेन्च कपको उपाधि जितेको हो ।
नान्ट्सले सन् २००१ मा फ्रेन्च लिग वानको उपाधि जितेपछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।

प्रकाशित : 8 May, 2022

प्रतिक्रिया दिनुहोस्