एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। वैशाख २५, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
चौतारा साँगाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।