बराबरीमा रोकियो बायर्न

काठमाडौं। वैशाख २६, आइतवार राति भएको खेलमा बायर्नले स्टुटगार्टसँग २.२ गोलको बराबरी खेलेको हो ।
यस बराबरीसँगै बायर्नले ३३ खेलमा ७६ अंक जोडेको छ । शीर्ष स्थानको बायर्नले यस अघि नै उपाधि जितिसकेको छ ।
खेलपछि बायर्नलाई उपाधि ट्रफी समेत प्रदान गरिएको थियो । स्टुटगार्ट ३० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।