आज कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं। वैशाख २६, आज राष्ट्रि कानुन दिवस काठमाडौँसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका रहेको छ।

वि .सं २००८ मा ऐतिहासिक रूपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउने गरेको छ ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई जोड दिइन्छ।

प्रकाशित : 9 May, 2022

प्रतिक्रिया दिनुहोस्