स्थानीय तहको चुनाव अग्रगमन र प्रतिगमनको लडाइँःप्रचण्ड
काठमाडौं। वैशाख २६, सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गरेका छन्।
यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्
प्रचण्डको भनाइ छ, ‘त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।
साँचो अर्थमा जनताले संघीयता महसुस गर्न नपाएको भन्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको बताएका छन्।
हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्’ उनको भनाइ छ ।