बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

काठमाडौं। वैशाख २६, बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् ।
जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशी माथी उम्मेदवार राना सहित प्रचारमा हिडेका उनका कार्यकर्ता बिरेन्द्र राना लगायतका व्यक्तिले कुटपिट गरेका हुन् ।
डिलाशैनी ५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ । कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई दिपक राज जोशीले बताए ।
कुटपिटमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रमा लिएको छ भने, उनिहरुलाई २ घण्टा स्थानियबासीले घेराउ गरेका थिए ।
प्रध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोश जोशीको प्रचार गरिरहेको भन्दै बिवाद भएको बताइएको छ । शिक्षकले प्रचारमा हिड्न नहुने भनेपछि बिवाद भएको भनिएपनि जोशी गोरु जोत्ने मान्छे खोज्न हिडेका बेला कुटपिट भएको पीडित पक्षको भनाई छ ।