फेसबुकले दुई फिचर बन्द गर्ने

काठमाडौं। वैशाख २६, सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ ।
फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो । नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन् ।
फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो । यसबाट प्रयोगकर्तालाई मौसमको जानकारी दिइन्छ ।
फेसबुकले जारी गरेको सूचनाअनुसार यी दुवै फिचरले ३१ मेपछि काम गर्ने छैनन् ।