राजेश हमालले साइन गरे नयाँ फिल्म

सहयात्रा टिभी

काठमाडौं। वैशाख २७, अभिनेता राजेश हमाल अब सक्रिय रुपमै फिल्म अभिनयमा कमब्याकको तयारीमा छन् ।

उनलाई फिल्म प्रस्ताव गर्नेको ओइरो त छ नै, हिजोआज केही चुजी समेत हुन थालेका छन् ।

गत शनिबार हमाल नयाँ फिल्म ‘मायाको माया’मा अनुबन्धित भए । यो फिल्मको मुख्य भूमिकामा यसअघि नै आना शर्मा र अनुपविक्रम शाही अनुबन्धित भइसकेका छन् ।

फिल्ममा हमालको समेत मुख्य भूमिका हुने जनाइएको छ । रोहितकरण वैद्यले निर्देशन गर्न लागेको फिल्मको दुई साताअघि ललितपुरस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो ।

वैशाख ३० गते हुने स्थानीय चुनावपछि छायांकन सुरु हुन लागेको फिल्मबारे थप खुलाइएको छैन ।

 

प्रकाशित : 10 May, 2022

प्रतिक्रिया दिनुहोस्