निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा दिने भएको छ ।

नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।

आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ ।

स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।

यसको अनुगमनको लागि आयोगले अनुगमन टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरित काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको छ ।

 

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्