बार्सिलोनाको शानदार जित

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । ऊ सेल्टा भिगोविरुद्ध ३.१ ले विजयी भएको हो ।

क्याम्प नोउमा भएको खेलमा ३० औं मिनेटमा मेम्फिस डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ४१ औं मिनेटमा पियरे एमरिक औवामियाङले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३.० ले अघि बढ्यो । ५० औं मिनेटमा सेन्टा भिगोका लागि आस्पासले गोल गरेपनि बार्सिलोना ३.१ ले विजयी भयो ।

५८ औं मिनेटमा जेइसन मुरिल्लोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सेल्टा भिगो १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोड्दा पराजित सेल्टा भिगो समान खेलबाट ४३ अंकका साथ ११ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई ३.० तथा ग्रानाडाले एथलेटिक्स क्लब बिल्वाओलाई १.० ले पराजित गरे ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्