लाइफ इन एलएको गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, आगामी जेठ ६ गते रिलिज हुने फिल्म लाइफ इन एलएको राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ गीत उदाएर आयौ तिमी सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर तथा प्रतीक पौडेलको संगीत छ । सूर्य एन श्रेष्ठद्वारा निर्देशित फिल्मको सो गीतमा दुई मुख्य कलाकार ब्यास बिस्सु र अकेशा विष्टलाई फिचरिङ गरिएको छ।

त्रिकोणात्मक प्रेमकथाको फिल्ममा ब्यास र अकेशाका साथमा गौरव पहारी, बुद्धि तामाङ , प्रकाश घिमिरे, नीलम चन्दसहित अमेरिकामा बस्दै आएका जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतका कलाकारले अभिनय गरेका छन।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्