हाम्रोपात्रो एपबाट अब खाना मगाउन सकिने

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, हाम्रोपात्रोले अब खाना डेलिभरी पनि गर्ने भएको छ ।

खानाको अनलाइन अर्डर र डेलिभरीको लागि हाम्रोपात्रोले साना ठूला सबै प्रकारका रेस्टुरेन्टहरूलाई आबद्ध गर्ने काम गरिरहेको छ ।

योसँगै अब विदेशमा रहेका नेपालीहरूले पनि नेपालमा रहेका आफ्ना आफन्तहरूलाई खानेकुरा अर्डर गर्न सक्ने हाम्रोपात्रोका अध्यक्ष रुद्रराज पाण्डेले बताएका छन् ।

हाम्रोपात्रोको प्लेटफर्ममार्फत खाना डेलिभरी गर्न हामी रेस्टुरेन्टहरूसँग आबद्ध हुन सुरु गरेका छौं । अब विदेशमा रहेकाहरूले पनि नेपालमा रहेका आफन्तका लागि खाना अर्डर गर्न सक्नेछन्,’ उनले फेसबुक पोस्टमा लेखेका छन् ।

साथै विदेशबाट वृद्धा आश्रमहरूका लागि खाना अर्डर गरेको खण्डमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताइएको छ ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्