राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्थगित

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, राष्ट्रिय परिचयपत्रको विवरण दर्ता पाँच दिनका लागि स्थगित भएको छ ।

शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसमेत खटिनुपर्ने भएकाले परिचयपत्रसँग सम्बन्धित काम रोकिएको विभागले जनाएको छ ।

सरकारको नयाँ नियम अनुसार जेठ १ गतेदेखि हप्ताको दुईदिन बिदा हुने भएकोले चुनावको भोलिपल्ट शनिबार र जेठ १ गते आइतबारको बिदा हुनेछ । त्यस्तै जेठ २ गते बुद्ध जयन्तीको बिदा हुनेछ ।

यसले गर्दा परिचयपत्र वितरणको काम पाँच दिनसम्म बन्द हुन लागेको हो ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्