सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८,  बजारमा आज को नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । त्यस्तै गरी नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्