मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न रोक

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु भएसँगै वीरगञ्जलगायत देशैभर मदिराजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको छ ।

गृह मन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै पर्सामा मदिराजन्य पदार्थ बेच्न रोक लगाएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्थाको पालना गर्दै सूचना जारी गरिएको हो ।’

वैशाख ३० मा निर्वाचन सम्पन्न नभएसम्म देशभर मदिरा बेच्न र सेवन गर्न नपाइने तथा निर्वाचनलाई सभ्य र शान्त वातावरणमा सम्पन्न गर्न सबैले नियमको पालना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्