चेल्सीको सहज जीत

काठमाडौं। वैशाख २९, इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ ।
गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३.० गोलले पराजित गरेको हो ।
एल्यान्ड रोडमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन मेसन माउन्ट, क्रिस्टेन पुलिसिक र रोमेलु लुकाकुले एकरएक गोल गरे । खेलको चौथो मिनेटमै जेम्सको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए ।
२४ औं मिनेटमा डानियल जेम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।
५५ औं मिनेटमा माउन्टको पासमा पुलिसिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यस्तै ८३ औं मिनेटमा जियचको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई ३.० गोलको जीत दिलाए ।
जीतसँगै चेल्सी ३६ खेलबाट ७० अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ भने पराजित लिड्स समान खेलबाट ३४ अङ्कको साथ १८ औं स्थानमा रहेको छ ।