कंगनामाथि लागेको देशद्रोहको मुद्दा खारेज

काठमाडौं। वैशाख २९, विवादित बयानका कारण चर्चित रहेकी बलिउड अभिनेत्री कंगना रणावतमाथि लागेको देशद्रोहको मुद्दा खारेज भएको छ।
उनीविरुद्ध भारतको धनबाद अदालतमा लागेको देशद्रोहको आरोप खारेज भएको हो।
बुधबार कंगनाविरुद्ध लागेको देशद्रोहको मुद्दा खारेज गरिएको हो। उनको मुद्दालाई न्यायाधीश सिद्धान्त तिग्गाले खारेज गरेका हुन्।
कंगना विरुद्धमा यो मुद्दा अघि बढाउनमा पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा खारेज गरिएको हो।
कंगनाविरुद्ध यो मुद्दा गत वर्ष लागेको थियो। उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर गत वर्ष नोभेम्बरमा उनीविरुद्ध अदालतमा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो।