भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए

सहयात्रा टिभी

काठमाडौं। वैशाख २९,  भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् जबकी ५४ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.७४ प्रतिशत भएको छ ।

पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ ।

जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ । सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो । यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,७६५ नयाँ संक्रमित भेटिएका थिए ।

प्रकाशित : 12 May, 2022

प्रतिक्रिया दिनुहोस्