भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

सहयात्रा टिभी

काठमाडौं। वैशाख २९, शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ।

मतगणनाको तयारीको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो।

सो ब्लकमा सिसिटिभी जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भइरहेको जनाइएको छ। सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको जानकारी दिए।

 

प्रकाशित : 12 May, 2022

प्रतिक्रिया दिनुहोस्