सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख २९, अघिल्लो दिन तोलाको ९७ हजार रुपैयाँमा झरेको सुनको मूल्यमा फेरि वृद्धि आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार ८०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९७ हजार ३०० पुगेको छ । आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 12 May, 2022

प्रतिक्रिया दिनुहोस्