‘हेभिवेट’ नेताका जिल्लामा बढी सुरक्षा चुनौती

सहयात्रा टिभी

काठमाडौं। वैशाख ३०, आज वैशाख ३०,स्थानीय तहको निर्वाचन हुँदैछ । ७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।

सो निर्वाचनबाट आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिनेछन् । निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

तीमध्ये २ हजार ९४६ अतिसंवेदनशील र ४ हजार ४२३ केन्द्र संवेदनशीलको सूचीमा छन् । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल सुरक्षाका लागि ३ तहको सुरक्षा घेरा बनाइएको छ ।

सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । अतिसंवेदनशील मतदान स्थलमा ६ म्यादी, ५ प्रहरी गरी ११, संवेदनशीलमा ५ म्यादी ४ प्रहरी गरी ९ र अन्यमा ४ म्यादी, ३ प्रहरी गरी ७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थप मद्दतका लागि हतियारसहित ९ देखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ । निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमान्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टर सहितको विशेष टोली तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । त्यस्तै अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ ।

 

 

 

 

 

प्रकाशित : 13 May, 2022

प्रतिक्रिया दिनुहोस्