नयाँ सरकार गठन गर्न कदम उठाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा

काठमाडौं। वैशाख ३०, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठन गर्ने बताएका छन्।
राजापाक्षेले सामाजिक सञ्जालमार्फत् नयाँ सरकार गठन गर्ने बताएका हुन्।
उनले ट्विटरमा लेखेका छन्, ‘देशमा भइरहेको अराजकताको स्थिति नियन्त्रण गर्नको लागि र ठप्प भएको विषयलाई सल्झाउनको लागि नयाँ सरकार बनाउने कदम उठाइने छ।’
उनले यो हप्ताभित्र नै संसदमा बहुमत प्राप्त गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइने बताएका छन्। नयाँ बनेका प्रधानमन्त्रीले आफ्नो नीतिबाट देशलाई अगाडि लैजानेछन्।
राष्ट्रपति राजापाक्षेले यो बाहेक संसदलाई धेरै शसक्त बनाउनको लागि संविधानमा संशोधन गर्ने कदम पनि उठाउन लागेको बताएका छन्। उनले कार्यकारी अध्यक्षको पद समाप्ती गर्ने सुझावमा पनि विचार गर्ने बताएका छन्।