बझाङका सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान

काठमाडौं। वैशाख २९, स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ।
बझाङ जिल्लाको १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको हो।
निर्वाचन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले बताए।
जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।
जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन्। जसमा ९४ वटा वडा रहेका छन्। यो निर्वाचनमा जिल्लामा १८ वटा राजनीतिक दलले भाग लिएका छन्। जिल्लामा निर्वाचनका लागि ४ सय ९४ पदका लागि १ हजार १९३ जना प्रतिस्पर्धामा रहेका छन्।
जसमा ९ जना निर्विरोध भइसकेका छन्। अब ८ सय ८५ पदका लागि मात्रै निर्वाचन हुनेछ। जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेका छन्।