कैलालीमा कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा १० जना घाइते
सहयात्रा टिभी
काठमाडौं। वैशाख २९, कैलालीको गोदावरी नगरपालिका ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको छ ।
बुधबार राति दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली कांग्रेसका कार्यकर्ताहरूले खुकुरी प्रहार गरेको जनाएको छ ।
खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् ।
एमाले वडा नम्बर १ अध्यक्षका उम्मेदवार शर्मानन्द भट्ट सहितको टोली राति वडा नम्बर ६ मा पुगेपछि झडप भएको जनाएको छ । कांग्रेसका कार्यकर्ताले राति गाउँमा किन आएको भन्दा वादविवाद भएपछि झडप भएको जनाएको छ ।