स्थानीय निर्वाचन कर्मचारीको भत्तामा मात्रै खर्च भयो ३ अर्ब

काठमाडौं। वैशाख ३०, स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारीको दैनिक भत्तामा मात्र ३ अर्ब रूपैयाँ खर्च भएको छ ।
निर्वाचन आयोगका लेखा उपसचिव मुकुन्द केशरी पोखरेलले हालसम्म निर्वाचनका लागि खटिएका कर्मचारीहरूको दैनिक भत्तामा मात्र ३ अर्ब रुपैयाँ खर्च भइसकेको बताएका हुन् ।
तदान केन्द्रमा खटिनुभएका १ लाख ९ हजार कर्मचारीले न्यूनतम ६ दिनदेखि अधिकतम १४ दिनसम्मको दैनिक भत्ता लिनुभएको छ,उनले लोकान्तरसँग भने, हालसम्म भत्तामा ३ अर्ब रूपैयाँ खर्च भइसकेको छ ।
कार्यालय सहयोगीदेखि उपसचिव तहसम्मका कर्मचारीहरू मतदानस्थलमा खटिएको उनले बताए । न्यूनतम १२ सयदेखि अधिकतम २५ सय रूपैयाँ प्रति दिन भत्ता दिइएको उनको भनाइ छ ।