४ दिनसम्म बढेको सेयर बजार पाँचौ दिनमा घट्यो

सहयात्रा टिभी

काठमाडौं। वैशाख २९, अघिल्ला ४ दिनसम्म लगातार बढेको सेयर बजार बिहीबार भने घटेको छ ।

परिसूचक नेप्से बिहीबार १८.६४ अंक घटेर २३५० मा कायम भएको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । ३४ कम्पनीको मूल्य बढ्दा ९ को स्थिर रह्यो भने १५१ को घट्यो । त्पादन र अन्यबाहेकका सबै उपसमूह घटेका छन् ।

उत्पादन ८० र अन्य उपसमूह ७ अंकले बढे । बैंकिङ १, विकास बैंक ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह २९ अंकले घटे ।

 

प्रकाशित : 12 May, 2022

प्रतिक्रिया दिनुहोस्