कोलकातासँग हैदरावाद पराजितःआईपीएल

काठमाडौं। ज्येष्ठ १,आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले शनिबार राति इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ ।
जितसँगै कोलकाता १२ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो ।
यससँगै हैदरावादको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै गएको छ भने कोलकाताले आशा जीवित राखेको छ ।
यसअघि, प्लेअफमा स्थान बनाइसकेको गुजरात टाइटन्सले १८ अंक जोडेको छ ।
१६ अंक जोडेको लखनउ सुपर जायन्ट दोस्रो स्थानमा छ । समान १४ अंक जोडेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमश तेस्रो र चौथो स्थानमा छन् । दिल्ली क्यापिटल्स, कोलकाता र पञ्जाब किंग्सको समान १२ अंक छ ।
पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटमा १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।