पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं। ज्येष्ठ १, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसाग माग गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि भएलगत्तै संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा पुगेर अविलम्व खारेज गर्न माग गरेको हो ।