भद्रपुर नगरपालिकामा गठबन्धनले खाता खोल्यो

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ १, भद्रपुर नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडाध्यक्ष जितेको छ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका हुन्। पराजित सुब्बा निवर्तमान वडाध्यक्ष हुन्।

कँडेलले १ हजार ३०९ र सुब्बाले १ हजार ७० मत ल्याएका छन्। राप्रपाका रामबहादुर राईले ८८६ मत ल्याए। गठबन्धनले वडाध्यक्ष जिते पनि सबै वडा सदस्यहरू एमालेले जितेको छ।

वडा सदस्यहरूमा एमालेका ममता लिम्बु, द्रोणविक्रम कोइराला, लीलानाथ निरौला र देविका बस्याल निर्वाचित भएका छन्। वडा नम्बर २ मा ३ हजार ८७६ मत खसेको थियो ।

 

प्रकाशित : 15 May, 2022

प्रतिक्रिया दिनुहोस्