पोखरामा एमाले भन्दा एकीकृत समाजवादी ३८४ मतले अघि

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ २, पोखरा महानगरपालिकामा अहिलेसम्म करिब १० हजार मत गणना भएको छ ।

 

अहिलेसम्म भएको मतगणनाअनुसार नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले ४०४१ मत ल्याएका छन् भने एमालेका उमेदवार कृष्ण थापाले ३६५७ मत प्राप्त गरेका छन् ।

राप्रपाका उमेदवार शंकर खरालले पाँच सय मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार गनेस पौडेलले २३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमाले उमेदवार मञ्जु गुरुङ अघि देखिएकी छन् । उनले अहिलेसम्म ४१५१ मत ल्याएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत ल्याएकी छन् । राप्रपाकी रन्जना सेनले ४६६ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : 16 May, 2022

प्रतिक्रिया दिनुहोस्