प्रिमियर लिग साउथाम्टन माथि लिभरपुलको जित

काठमाडौं। ज्येष्ठ ४, इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साउथाम्टनमाथि २.१ गोल अन्तरको जित हात पारेको छ।
मंगलबारको खेलको १३ औं मिनेटमा नै साउथाम्टनका नाथान रेमण्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको २७ औं मिनेटमा टाकुमी मिनामिनो र ६७ औं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई जित दिलाए। यससँगै लिभरपुलले आफ्नो लिग उपाधि जित्ने सम्भावना कायम राखेको छ।
लिगको अन्तिम खेल बाँकी रहँदा लिभरपुल ८९ अंक हात पार्दै लिगको दोस्रो स्थानमा छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले ९० अंक हात पारेको छ।
अब आइतबार हुने उनीहरुको अन्तिम खेलले लिग विजेताको टुङ्गो लगाउनेछ।