हालसम्म २०१ स्थानीय तहमा कांग्रेसले जित्यो प्रमुख

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ४, नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ ।

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित : 18 May, 2022

प्रतिक्रिया दिनुहोस्