वर्तमान सरकारलाई राज्य संयन्त्रले पत्याएन : योगेश भट्राई
सहयात्रा टिभी
काठमाडौं। ज्येष्ठ ४, नेकपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताएका छन् ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बुधबारदेखि सुरु भएको छलफलमा बोल्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
खासगरी अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहरुले नमानेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै अग्रगति र ज्यान–प्राण नभएको उनले बताए ।