गायिका अस्मिता अधिकारीलाई छिन्नलता पुरस्कार

काठमाडौं। ज्येष्ठ ४, गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै गायिकाले आफू खुशिले ‘अवाक’ भएको बताएकी छन् । ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ’ उनले भनेकी छन् ।
नेपाली आइडलको दोस्रो सिजनबाट अधिकारी संगीतमा चम्किएकी हुन् । ‘साली मन प¥यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर’ लगायत उनका चर्चित गीत हुन् ।