धरानमा भेटियो हस्ताक्षर नभएका १८ मतपत्र

काठमाडौं। ज्येष्ठ ४, मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना रोकिएको हो । १८ वटै मतपत्रमा मत माओवादीको उम्मेदवारलाई परेको थियो ।
अहिले वडा नं. २० को मतगणना भइरहेको थियो । वडामा कांग्रेसका पदमबहादुर लिम्बु ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन ।
माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धी छन् । दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए ।
माओवादीका कार्यकर्ताले भने मत सदर हुनुपर्ने अडान राख्दै नारा जुलुस गरिरहेका छन् । मतगणनामा धरानका मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।