महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज युगान्डा सँग खेल्दै

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ५, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज  बिहीबार युगान्डासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बज सुरु हुनेछ । यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा हुनेछ । पाँच महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ  को अग्रता लिएको छ ।

युगान्डा आजको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।

प्रकाशित : 19 May, 2022

प्रतिक्रिया दिनुहोस्