काठमाडौंमा बालेन र केशवको मतान्तर १२ हजार ५७१

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ६,काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।

त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।

प्रकाशित : 20 May, 2022

प्रतिक्रिया दिनुहोस्