कपिलवस्तुको कृष्णनगरमा काँग्रेस विजयी

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ७, कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली काँग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन्

शाहले राप्रपाका दिपक रजौरियालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित शाह काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन कार्यालयका अनुसार शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।

यस्तै उपमेयरमा काँग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छन् । उनले एमालेकी विमलेश मौर्यालाई पराजित गरेकी हुन् । कृष्ण नगरमा १२ वटा वडामध्ये काँग्रेस र एमालेले ३र३, जसपा र माओवादीले २र२, राप्रपा र बहुजन शक्ति पार्टीले १र१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : 21 May, 2022

प्रतिक्रिया दिनुहोस्