‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी

काठमाण्डौ । ज्येष्ठ ८, यौन उत्पीडनमा परेकी एक युवतीको दर्दनाक बयानले यति बेला सामाजिक सञ्जाल र समाजलाई हल्लाइदिएको छ ।
स्थानीय निर्वाचनलाई नै ओझेलमा पार्ने गरी सडकदेखि सांसदसम्म उनलाई न्यायको माग गर्दै आवाजहरू गुन्जिएका छन् ।
आठ वर्ष अगाडि सन् २०१४ मा आयोजना भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि बलात्कार गरेको आरोप युवतीले लगाएकी छन् ।
ती युवतीको भनाइअनुसार सक्सेस पार्टीको बहानामा बोलाएर एभरेस्ट होटेलको एउटा कोठामा उनीमाथि बलात्कार गरिएको थियो ।
त्यसपछि आफूसँग शारीरिक सम्बन्धको फोटो्भिडियोहरू रहेको भनेर ब्ल्याकमेलिङ गर्दै पिडकले ६ महिनासम्म निरन्तर यौन शोषण गरेको युवतीको बयान छ ।नेपालको संविधान र कानून महिलाको पक्षमा निकै कठोर छ ।
यौनजन्य अपराधका घटनाहरूमा कडाभन्दा कडा सजायको व्यवस्थाहरू गरिएका छन् । त्यसका बाबजुद पनि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन । त्यसैले समस्या कानूनको भन्दा पनि चेतनाको हो ।
यदि यी पीडितलाई आफूमाथि भएको अपराध विरुद्ध बेलैमा कानूनी उपचारमा जानुपर्छ भन्ने चेतना र ज्ञान भएको भए पक्कै पनि ८ वर्षसम्म पिडा लुकाएर बस्ने थिइनन् ।
पिडक अहिले जेलमै हुन्थे । यो घटनाले बालिका र किशारीहरुलाई यौन अपराध सम्बन्धी कानूनी शिक्षाको टड्कारो आवश्यकता देखाएको छ ।
साथै, उमेर नपुगेसम्म सकभर प्रेम नपर्न र परेको खण्डमा पनि शारीरिक सम्बन्धबाट टाढा रहने सचेतना हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिनु आवश्यक देखिएको छ ।