एम्बाप्पे ३ वर्ष पीएसजीमै

काठमाण्डौ । ज्येष्ठ ८, फ्रान्सेली फरवर्ड केलियन एम्बापे आगामी ३ वर्षका लागि पेरिस सेन्ट जर्मन पीएसजीमै रहने भएका छन्।
लामो समयदेखि एम्पाबे रियल मड्रिड जाने चर्चा चले पनि उनले पीएसजीमै रहने निर्णय गरेका हुन्।
एम्पाबेले पीएसजी र रियलमध्ये कुन टोलीलाई रोज्न भनेर दुवै क्लब नै अनविज्ञ थिए। उता रियलले भने क्रिस्टियानो रोनाल्डोले छाडेपछि ठूला खेलाडीलाई क्लबमा भित्राउन सकेको छैन।
स्पेनिस क्लबले २० करोड युरोसम्म एम्बाप्पेलाई तिर्न तयार भएको थियो। उसले शृंखलाबद्ध रुपमा उनलाई भित्र्याउने प्रयास गर्दै आएको थियो।
तर एम्वापेले आगामी सन् २०२५ सम्म लिग वान क्लबमा नै रहने निर्णय गरेका हुन्।
एम्बापेले क्लबसँग सम्झौता गर्दै भने, ‘मैले पीएसजीमै रहने निर्णय गरे। क्लबले मलाई चाहिने सबै खालको सुविधा दिने भएपछि म क्लबमा नै रहने निर्णय गरेको हो। म फ्रान्समा नै खेल्न चाहन्छु, जहाँ म जन्मे, हुर्ने र जहाँ आफ्नो नाम बनाए।
सन् २०१७ मा पीएसजीसँग जोडिएका एम्बापेले क्लबबाट १ सय ६८ गोल गरेका छन्।
एम्वापेले पीएसजीबाट ४ पटक लिग वानको उपाधि उचालेका छन्। ३ पटक फ्रान्स प्लेयर अफ दि सिजनमा ३ पटक छानिएका छन्। क्लवले उपाधि जित्दा २५ गोल र १७ असिस्ट प्रदान गरेका छन्।