बर्नेली प्रिमियर लिगबाट रेलिगेसनमा

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ९, बर्नेली इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

गएराति आफ्नो अन्तिम खेलमा न्युकासल युनाइटेडसँग २.१ गोल अन्तरले पराजित भएपछि बर्नेली रेलिगेसनमा परेको हो ।

बर्नेलीले प्रिमियर लिगमा बढुवा भएको ६ वर्षपछि च्याम्पियनसिपमा झरेको हो । न्युकासललाई जित दिलाउन दुवै गोल कलुम विल्सनले गर्दा बर्नलीका म्याक्स्वेल कर्नेटले एक गोल फर्काए ।

बर्नेली यो सिजन घटुवा हुने तेस्रो तथा अन्तिम टोली हो । यसअघि नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परेका थिए ।

हारसँगै बर्नेली ३८ खेलमा ३५ अंक जोडेर १८ औं स्थानमा रहँदा जित हात पारेको न्युकासल ४९ अंकका साथ ११ औं स्थानमा रह्यो ।

 

प्रकाशित : 23 May, 2022

प्रतिक्रिया दिनुहोस्