डलरको मूल्य निरन्तर उकालो
काठमाण्डौ । ज्येष्ठ ९, अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र उनीहरूका परिवारले लाभ पाउने देखिएको छ ।
आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । वैदेशिक रोजगारीमा रहेर घरमा रकम पठाउनेहरुले अघिल्लो महिनाको तुलनामा उच्च सटही दर पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलर खरिद मूल्य १ सय २४ रुपैंया ३८ पैसा तोकेको थियो ।
लामो समयसम्म एक डलरको वाणिज्य बैंकहरूको खरिद मूल्य १ सय २० रुपैयाँ कायम थियोे । अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ अवमूल्यन भएपछि स्थायी सटहीदर कायम गरिएको नेपाली रूपैयाँ पनि अवमूल्यन भएको हो ।
अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपालमा रेमिट्यान्स बढ्ने छ । विदेशी मुद्राको सञ्चितिमा रहेको दबाब आयात रोकिएमा आगामी महिनादेखि केही कम गर्न सहयोग पु¥याउन सक्ने आंकलन गरिएको छ ।