सरकारले आज नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०, सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संसदमा पेश गर्ने भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

राष्ट्रपति भण्डारीले आज गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए।

२०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रम विहीन बन्न पुगेको थियो।

सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई तत्कालीन पाँचदलीय गठबन्धनले अस्वीकार गरेको थियो।

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्